‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रिय सभाबाट पनि सर्वसम्मति रुपमा पारित भएको छ ।
प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको विधेयक राष्ट्रिय सभामा ३२ गते छलफल गरी संसोधनका लागि दिइएको ७२ घण्टाको समय सकिएकाले राष्ट्रियसभाबाट बिहीबार पारित गरिएको हो । बिधेयक पारित गर्न भएको मतबिभाजनको पक्षमा ५७ मत परेको थियो भने बिपक्षमा शुन्य मत परेको थियो ।
https://www.facebook.com/himaldainik/videos/254323035871762/?t=0
पारित गर्ने क्रममा दफावार छलफल भएको थियो भने छलफल पछि दस्तखत सहितको मत विभाजन भएको थियो । मतबिभाजनबाट नेपालको संविधान दोश्रो संशोधन विधेयकको सर्वसम्मतिबाट पारित भएको रााष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका थिए ।
सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संविधान संसोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो । यसअघि गत शनिबार प्रतिनिधि सभाको बैठकले संसोधन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको थियो ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय