सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबारको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिईन ।
सोही दलकी विमला पौडेलले कोभिड –१९ को सङ्क्रमणसँगै महिला र बालबालिका विभिन्न समस्यामा परेकाले सरकारलाई यसतर्फ विशेष चनाखो हुन सुझाव दिईन । सोही पार्टीकै रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
https://www.facebook.com/himaldainik/videos/191227128893645/?t=0
नेकपाकै सुमनराज व्याकुरेलले धनुषाको सदा परिवारमा भएको मृत्युको घटनाको छानबिनका लागि माग गरे । नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले सरकारले झापाकोे मङ्गलबारे अस्पताललाई मदन भण्डारी अस्पताल नामकरण गर्न खोजेका कारण जनताको विरोध भएकाले पुरानै नाम कायम गर्न माग गरे ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय