राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छ । बुधबार राष्ट्रिय सभाको सुन्य समयमा सांसद बिडारीले बैदेशिक रोजगारीमा गएका नेपालीहरु पैसा न भएर बिदेशमा अलपत्र परेकालाई सरकारले स्वदेश फिर्ता ल्याउन माग गरेका छन्। उनले भने,' वहा अहिले अलपत्रमा परियो भन्छन। तिनीहरुलाई हामीले कसरी यहाँ ल्याउने? त्यो पैसा नभएका मान्छे पनि त नेपाली हो र यहाँ आउन पाउनु पर्यो नि '।
https://www.facebook.com/himaldainik/videos/642170829844396/?t=1
प्रस्तुत छ सांसद राम नारायण बिडारीले व्यक्त गरेको विचारको अंशः
अध्यक्ष महोदय।
राम्रा राम्रा र बलिया बलिया युवा हरु रोजगारीका निम्ति विदेशमा गएका छन्। उनीहरु अहिले विदेशमा अलपत्र परेका छन्। रोग र भोगले ग्रस्त छन्। स्वदेश आउन आतुर छन् तर रकम छैन अभाव छ। भाडा तिर्ने पैसा छैन। शरीर पनि जीर्ण भईसक्या छ। नेपालमा काम नदिएको कारणले सरकार कै स्वीकृतिले धकेली धकेली विदेश यसपाली कति पठाउने ? यो बर्ष कति बैदेशिक रोजगार ? लौ आउँ प्रतिस्पर्धा गर भन्दै पठाउने गरि गरियो। गएर वहा अहिले अलपत्रमा परियो भन्छन। तिनीहरुलाई हामीले कसरी यहाँ ल्याउने? त्यो पैसा नभएका मान्छे पनि त नेपाली हो र यहाँ आउन पाउनु पर्यो नि अध्यक्ष महोदय। दुर्व्यसनले ब्याप्त भएको र लागु औषधले लिप्त भएको युवाहरु नेपालमा बसी रहेका छन्। तिनीहरुलाई गृह मन्त्रालयले कसरी सम्रक्षण गर्दा छ र त्यो कसरी रोक थाम गर्छ त्यसमा ध्यान जाओस। धन्यबाद।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय