हिमाल दैनिक
सम्माननीय सभामुख महोदय, हाम्रो पार्टी नेपाली कांग्रेसले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिक अखण्डताकापक्षमा सदैव दृढ अडान लिंदैआएको छ । हाम्रा संस्थापक नेता बीपी कोइरालाले राष्ट्रियताको प्रश्नलाई सर्वोपरि महत्व दिदै आउनुभएको कुरा सबैमा बिदितनैछ । वर्तमान सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत देशको सम्पूर्ण भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार गरेको निर्णयलाई हाम्रो पार्टी नेपाली कांग्रेसले समर्थन गर्दछ । नयाँनक्सालाई नेपालको संविधानको भाग ३५ अनुसूची ३ अन्तर्गत नेपालको निशान छापमा समावेश गर्न हुनलागेको संविधानसंशोधन प्रस्तावको पक्षमा नेपाली कांग्रेसले एकढिक्का भएर मतदान गर्नेछ । राष्ट्रियताको दह्रो बिकासका लागि नेपाली कांग्रेस सदैव सशक्त रूपमा उभिएको छ र भविष्यमा पनि उभिने छ । सभामुख महोदय, नेपाल र भारतकाबीच रहेको खुला सीमाना नेपालका लागि भारतको र भारतकालागि नेपालको महत्वको परिचायक रहेको हामीले ठानेकाछौं ।उत्तरतिरको छिमेकी चीनसंग पनि हाम्रो महत्वपूर्ण सम्बन्ध रहेकोछ । भारत र चीन दुबै राष्ट्र अहिले बिकासका उच्चतम सोपानतिर उक्लिइरहेका छन । ज्ञान, बिज्ञान र प्रविधिको क्षेत्रमा दुवै मित्र राष्ट्रको प्रगति हामी नेपालीका लागि खुशीको बिषय हो। भारत र चीनको उच्चतम गतिको विकासलाइ नेपालले आफ्नो समृद्धिको यात्रामा उपयोगी बनाउनसक्नु पर्छ। यसोगर्न सक्दा बिश्व रंगमन्चमा हाम्रो भूमिका विस्तारीत हुनेछ। यसै आधारमानै हामीले छिमेकीका लागि सकारात्मक मित्रको भूमिका खेल्न सक्नेछौ । सभामुखमहोदय, उत्तर र दक्षिणका हाम्रा दुवै छिमेकीकासाथ हामीलेसमानताका आधारमा आपसीसम्बन्धको बिकासमा ध्यानदिनुपर्दछ ।नेपाल र भारतबीच रहीआएको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिकसम्बन्धमा रहेको सहजता र निरन्तरता बिग्रिन दिनुहुँदैन। यसमा सरकारजति चनाखो र परिपक्वरूपमा प्रस्तुत हुनसक्यो त्यतिनै नेपालको हितमा परिस्थितिको निर्माण हुनेछ ।नेपालले आफनो बास्तबिक अस्तित्वको परिचय खोजीरहेका भूभाग समेटेर नक्साजारी गर्नु नेपालको राष्ट्रिय आबश्यकता हो। यो कार्यबाट नेपाल र भारतकाबीचमा कुनै व्दिविधा र बैमनस्यता उत्पन्न हुनुहुँदैन। सुमधुर नेपाल भारतसम्वन्ध जति नेपालका लागी आबश्यक छ, अन्तराष्ट्रिय मन्चमा भारतका लागी त्यतिनै उपयोगि पनिछ । भारतले यो कुरा राम्ररी बुझ्नुपर्दछ र बुझेको पनि होला । भारत र चीन दुबैछिमेकी मित्र राष्ट्रले हाम्रो राष्ट्रिय स्वाभिमानको सम्मान गर्ने हामीले बिश्वास लिएका छौं। सभामुख महोदय, नेपालको राष्ट्रियताको पक्षमा के सरकार र के प्रतिपक्ष, हामी सबै एकसाथ उभिएकाछौं। संसारभरिनै हाम्रो एकताको यो सकारात्मक सन्देश हो ।तर, यो एकतालाई सरकारले जनतामा आफ्नाप्रति रहेको निराशालुकाउन उपयोग गर्ने भूल नगरोस । हामीले सरकारका कमजोरीहरुलाई नियालेरहेरेका छौं। कोरोना संक्रमणको नियन्त्रणमा भएको सरकारी अब्यबस्थाले जनतामा हाहाकार मच्चिएकोछ । सरकारले परिस्थितिको नियन्त्रण गर्नसकेको छैन।यतातिर म सरकारको ध्यानआकर्षित गर्नचाहन्छु । धन्यबाद, जय नेपाल। (संविधान संशोधनको प्रस्तावमाथि प्रतिनिधि सभाको बैठकमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले  प्रतिनिधि सभामा व्यक्त विचारको अंश)
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update