संविधान सभाले ०७२ साल असोजमा जारी गरेको नेपालको संविधान आज दोस्रो पटक संशोधन हुँदैछ।
सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सालाई संविधानको धारा ९ को अनुसूचि ३ मा संशोधन गर्न संविधान संशोधन दोस्रो संशोधन विधेयक संसदमा दर्ता गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि निर्णायक बैठक आज संचालन गर्दैछन्।
भारतीय पक्षले नेपालको सुगौली सन्धीका आधारमा तय गरिएको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समावेश गरी उक्त क्षेत्रबाट एकतर्फी ढंगले मानसरोवर जाने बाटो निर्माण गरेपछि सरकारले त्यसको जवाफ दिने क्रममा नयाँ नक्सा सार्वजनिक गरेको थियो।
https://www.facebook.com/himaldainik/videos/260639678496931/
जसमा २०३२ साल अघि प्रचलनमा रहेको नक्सालाई पुनः व्यवहारमा ल्याउनुका साथै सोही मुताविक संविधानको अनुसूचि ३ मा उल्लेखित निशान छापमा रहेको नेपालको नक्सालाई पनि परिमार्जन गर्न संविधान संशोधनको प्रस्ताव आएको हो।
कानून मन्त्री शिवमाया तुम्बाहाङफेले प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव राखेपछि आजै सदनमा रहेका सांसद सदस्यहरुको बहुमतले पारित भएमा संविधान दोस्रो पटक संशोधन हुने छ।
अहिलेसम्म सदनमा रहेका सबै दल र सांसदहरुले संविधान संशोधनको उक्त प्रस्तावको पक्षमा मत दिने सम्भावना रहेको कारण सम्भवत् दोस्रो संशोधन सर्वसम्मत पारित हुने छ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय