हिमाल दैनिक
संविधान संशोधन विधेयक आज पारित हुदैं
sanghiye samsad samyukt
प्रतिनिधिसभाबाट आज नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ लाई पारित गरिदैछ । शनिबार दिउँसो १ बजे बस्ने संघीय संसद प्रतिनिधिसभाको बैठकमा दोश्रो संशोधन विधेयक २०७७ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाम्फले विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्नेछिन् । त्यसपछि विधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव मन्त्री तुम्वाहाम्फले प्रस्तुत गर्नेछिन् । संशोधन विधेयक २०७७ मा नेपालको अद्यावधिक नक्सालाइ अनुसूचीमा राख्ने विषय उल्लेख छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा राख्न आज संविधान संशोधनसम्बन्धी निर्णय हुन लागेको हो । विधेयकका पक्षमा संसदमा प्रतिनीधित्व गर्ने सवै दल र सांसद एकमत रहेका छन् ।।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update