हिमाल दैनिक
सङ्घीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ । संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत थिए । प्रतिनिधिसभाका सभामुुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार उनि सचिवमा बढुवा भएका हुन् । सङ्घीय संसद् सेवाको महासचिवमा डा भरतराज गौतमको नियुक्ति भएसँगै सङ्घीय संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो । यसअघि सचिव खड्कासँग प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update