हिमाल दैनिक
नेपालमा मरेका व्यक्तिहरु वास्तवमा कोरोनाले मात्रै मरेका होइनन्ः प्रम ओली
103093749_569135150639704_3302956856420593883_n
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका १५ जना व्यक्तिहरु कारोनाले भन्दा अरु नै रोगले मरेको भन्दै पीडित परिवारप्रति अपमान गर्ने कार्य गरेका छन्। कोरोना संक्रमणको शिकार भएका उनीहरुमध्ये मुस्किलले ६ जनाले मात्रै डाक्टरलाई भेट्ने अवसर पाएका र अधिकांशको मरेपछि मात्रै स्वाव परिक्षणमा कोरोना पुष्टि भएकोमा सरकारप्रति आम जनताले आक्रोस व्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उडाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले प्रतिवाद गर्दै सरकारले आफ्नो कमजोरी लुकाउन यस्तो नभनेको दाबी समेत गरे। उनले भने, ‘एउटा सामान्य तथ्य भनेको हो। कहिले कहिले के हुन्छ भने, कोरोनाले पनि मान्छे मर्छ र कहिले कहिले अर्कै रोगले पनि मर्छ। कारण अर्कै रोगले निधन भएको हुन्छ तर, कोरोना उसलाई लागेको हुन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, उसको नियमअनुसार यदि कसैमा पोजेटिभ देखियो भने जुनसुकै रोगले मरेको भएपनि कारोनाले मरेको भनेर मान्ु पर्छ। त्यसकारण हामीले १५ जना कोरोनाले मरे भन्यौँ। तर, त्यो हेर्दाखेरि कोरोनाले मरेको जस्तो पनि देखिँदैन। डाक्टरहरुको पनि भनाइ के छ भने मर्न चाहि कोरोनाले होइन, तर कोरोना पनि लागिेपनि विश्व स्वास्थ्य संगठन मापदण्ड अनुसार कोरोनाले नै मरेको मान्ने गरेको हो।’
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update