नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै कुरा थाहा छैन भन्ने कुराबारे नै थाहा नभएको आरोप लगाउँदै नेपालीको रोग प्रतिरोधातमक क्षमता बढी छ भनेर कसले भन्यो भनि ठाडो प्रश्न गरेका छन्।
सरकारको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको स्पष्टिकरण दिन प्रतिनिधि सभाको बुधबारको बैठकमा उपस्थित प्रधानमन्त्री ओलीले दिएको जवाफपछि पुनः स्पष्टिकरण माग गर्ने क्रममा थापाले उनको जवाफको खण्डन समेत गरे।
उनले नेपालबाट हङकङमा कोरोना परिक्षणको लागि पठाएको नेपालमा रिएजेन्ट नभएर पठाएको दाबीसँग सरकारले खरिद गरेका पाँच वटा पिसिआर मेशिन काम गर्ने अवस्थामा नभएको बताए।
प्रधानमन्त्री ओलीले नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको कारण कोरोना संक्रमणबाट नेपाली कम प्रभावित भएको भन्नेबारे प्रतिपश्न गर्दै उनले भने, ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो?’
साथै थापाले नेपालमा मृत्यु हुनेको संख्या कम भन्ने उमेर समूहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्यासँग दाँजेर प्रधानमन्त्रीले नहेरेको दाबी समेत गरे।
थप स्पष्टिकरण दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएको कुरा आफैँले भनेको भन्दै नेपाल र नेपालीको जीवनशैली, भौगोलिक तथा प्राकृतिक स्रोत साधनको उपलब्धताको चर्चा गरेका थिए।
सरकारले हालै खरिद गरेको स्वास्थ्य सामाग्री खरिदमा व्यापक अनियमितता भएको दाबी गर्दै भने, ‘भ्रष्टाचार, स्वास्थ्य सामाग्रीको सूचि राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुला आब्हान गर्छु। तयार हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू?’
साथै नेता थापाले जुन अवस्थामा भारतबाट नेपाली नागरिकहरु ल्याइएका छन् त्यी व्यक्ति हुन् कि त्यी नेपाली नागरिक हुन् भनि प्रश्न गरे।
उनीहरुको बारेमा चिन्ता गर्ने, तिनीहरु आउँदैछन् भन्ने कुराका बारेमा जानकारी राखेर आवश्यक क्वारेटाइनको व्यवस्था सरकारका प्रधानमन्त्रीको हो कि विपक्षीको भनि प्रश्न गरेका थिए।
‘त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नु पथ्र्यो? वा आज हामी एउटा पनि कोरोना संक्रमणको अवस्था नभएको वा कम भएको न्यूजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो?,’ थापाले भने।
जवाफको क्रममा प्रधानमन्त्री ओलीले सदाझैँ केही व्यक्ति र मिडिया केबल सरकारको नकरात्मक कुरामात्रै फैलाउन उद्दत भएको आरोप लगाउँदै हल्लाको पछि नकुद्न आग्रह गरेका थिए।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय