हिमाल दैनिक
रुकुम घटनाबारे छानविन समिति गठन गर्ने सभामुखको आश्वसानपछि सदन सुचारु
agni prasad sapkota
प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम–पश्चिम घटनाको विषयमा संसदीय छानविन समिति गठन गर्ने आश्वासन दिएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुममा जेठ १० गते जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या भएको विषयमा सरकारी पक्षले ढाकछोप गर्न लागेको आरोप लगाउँदै संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएको थियो। त्यसपछि सभामुख सापकोटाले विपक्षी दललाई आफ्नो रुलिङ बसेर सुन्न आग्रह गर्दै रुकुममा जेठ १० गते भएको घटनाको विषयमा छानविन गर्न संसदीय नियमावली बमोजिम सबै दलका प्रतिनिधिसँग परामर्श गरी नियमावली बमोजिम समिति गठन गर्ने आश्वसन दिए। गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको विषयमा जानकारी दिने क्रममा दुई पक्षबीच भएको झडपपछि बिकसहितका युवाहरु भेरी नदीमा हामफालेपछि निधन भएको बताएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update