नेपाली कांग्रेसले रुकुम–पश्चिम घटनाबारे तत्काल संसदीय छानविन समिति गठनको माग गर्दै प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ।
शुक्रबारको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल कांग्रेसले उभिएर विरोध जनाए।
त्यसपछि सभामुख सापकोटाले कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमलाई बोल्न समय दिएपछि उनले जेठ १० गते रुकुममा जाजरकोटका नवराज बिकसहित ६ जनामाथि भएको आक्रमण र हत्याको विषयमा पटक पटक छानविन गर्न माग गर्दा पनि सुनुवाई नभएकोमा आक्रोस पोखिन।
https://www.facebook.com/himaldainik/videos/194326685101102/?t=31
उनले रुकुममा दलीत युवाहरुमाथि सामूहिक हत्या भएको आरोप लगाउँदै उक्त घटनाको विषयमा सरकारका गृहमन्त्री रामबहादुर थापा र सत्तापक्षका सांसददेखि प्रहरी प्रशासनले गलत ढंगले प्रचारवाजी भएको दाबी गरिन।
उनले सो घटनालाई राजनीतिकरण गरी राज्यको प्रभावमा घटना ढाकछोप गरी निर्मला पन्तको घटना जस्तै अपराधीलाई उम्काएर पीडितलाई न्याय दिन तयार नभएको भन्दै विरोध गरिन।
साथै भुसालले रुकुम घटना मानवीय अपराध र जातीय विभेदसँगै संविधान र कानूनको ठाडो उलंघन राज्यको तर्फबाट भएको भन्दै अन्तर्राष्ट्रिय अभिसन्धीका सदस्य राष्ट्र भएको भन्दै तत्काल संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न नसक्ने भन्दै विपक्षी दलले उभिएर विरोध जनाए।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय