राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता गरेको छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगाएत संसद सचिवालय पुगि संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् । नेपालको संविधान २०७२ मा उल्लिखित संघीयतासम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गरेको अध्यक्ष केसीले बताए ।
नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको अध्यक्ष केसीको भनाई छ । केसीले संघीयताका कारण जनतालाई चर्काे बोझ परेको भन्दै यसलाई खारेज गर्नुको बिकल्प नरहेको उल्लेख गरे ।
उनले आफुहरु नेपालको संविधानमा रहेका निशान चिन्ह संशोधनको पक्षमा रहेको भन्दै आफुहरुको संसोधन प्रस्ताव सदनमा पेश हुनुपर्ने बताए । जनमोर्चाको प्रस्ताव दर्ता नंवर तीन रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय