हिमाल दैनिक
राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश
Anita Devkota
राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेकी हुन । बैठकमा तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेकी थिइन् । अर्थमन्त्री डा खतिवडाले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरे ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update