हिमाल दैनिक
अघिल्लो आर्थिक वर्षमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारका अर्थमन्त्री युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत गरेको बजेटमा रहेको गम्भीर त्रुटिसँगै संसदप्रति सरकारको गैरजिम्मेवारपूर्ण व्यवहारलाई उदांगो बनाइदिएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता रिजालले कुनै पनि प्रस्तावित विकास आयोजनाका विनियोजित बजेटको स्रोत नै पत्तो नपाई कसरी संसदले सरकारलाई खर्च गर्ने अधिकार दिने भनि प्रश्न गरे। बजेटको अनुसूचि १० मा लप्सीफेदी–रातमाटे–हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटबल अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार आयोजनाको निम्ति खर्च व्यवस्थापनको विषयमा सदनभित्र उठेको प्रश्नको जवाफप्रति नेता रिजालले आपत्ति प्रकट गरे। https://youtu.be/KNhSCeBJHUQ पछिल्लो समय सत्तारुढ दलभित्र चर्को विवादका कारण अमेरिक सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) सदनबाट अनुमोदन गर्ने नगर्ने अन्यौलता रहेको बेला सोही बजेटमा आधारित प्रसारण लाइन विस्तारबारे सदनभित्र उठेको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले एमसीसीबारे सदनले जे निर्णय गर्छ सोही अनुसार सरकार अघि बढ्ने बताएका थिए। बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीले दिएको अस्पष्टिकरणप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘बजेटको अनुसूचि १० मा यो पाली पनि मिलिनियम च्यालेन्ज कोअपरेशनको ग्रान्ट अनुदान छ, अघिल्लो वर्ष पनि थियो। त्यो अनुदान आएपनि नआएपनि विद्युत प्रसारण लाइन बनाउँछौँ भनि भन्नु भयो। आए पनि नआएपनि प्रसारण लाइन बनाउने हो भने, त्यो पैसा काट्ने कहाँबाट? आज विनियोजन विधेयकमाथि छलफल गर्दैछौँ, अरु थप त्यो भन्दा बढी हामीसँग अनुदान आउने ठाउँ पनि छैन, ऋण पनि यत्ति नै उठाउँछौँ भनेका छौँ। आन्तरिक ऋण पनि यत्ति नै उठाउने भनेको अवस्थामा त्यो पैसा नआउने वा नलिने संसदले जे गर्यो त्यही हुन्छ भनेको अवस्थामा संसदले नलिने निर्णय गर्यो भने त्यो पैसा आउने ठाउँ कुनै एउटा योजना काट्नु पर्यो। पाँच अर्ब ७२ करोड ७२ लाखको खर्च काट्ने कि अर्को ऋण उठाउने कि, स्वदेशबाट उठाउने कि विदेशबाट उठाउने कि के गर्ने? यसरी उम्किन पाउनुहुन्न अथृमन्त्रीजी।’ साथै नेता रिजालले मन्त्री खतिवडालाई आफ्नो पार्टीभित्रको आन्तरिक विवाद टुंगो लगाउन नसकेर पार्टीभित्रको राजनीतिक लडाईलाई संसदले व्यहोरेर बस्न नसक्ने बताए। ‘विनियोजन विधेयकमाथिको छलफल गर्ने बेलामा पनि प्रष्ट रुपमा यो पैसा कहाँबाट आउँछ भन्ने थाहै नपाएर हामीले पास गर्नु पर्ने? यो गलत भयो। यस्तो नजिर नबसाल्नुहोस्। तपाईको पार्टीभित्र झन्झट छ भने त्यसलाई समाधान गर्नुहोस्। सत्तारुढ पार्टी एकताबद्ध भएर आउनुहोस्,’ रिजाले भने। उनले दोहोर्याउँदै लप्सीफेदीदेखि बुटवलसम्म कुन पैसाले हुन्छ? त्यो पैसा अनुदानमा आउछ भने कहाँबाट, अथवा वैदेशिक ऋणबाट आउँछ अथवा हामीले राजस्वबाट व्यवस्था गर्छौँ? नभए काट्ने ठाउँ पनि बताउनु पर्यो भनि अर्थमन्त्रीलाई फिटफिट पारिदिए। गत वर्षको बजेटमा पनि अर्थमन्त्री खतिवडाले खर्च र आम्दानीबीच ठूलो अन्तर हुनेगरी तथ्यांक पेश गरेपछि नेता रिजालले उक्त त्रुटी औल्याइदिएर सच्याउन लगाएका थिए।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update