प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका संसदहरुले उठेर बोल्ने समय माग गरेका थिए । कांग्रेसका सांसद मान बहादुर विश्वकर्माले पार्टी संसदीय समितिको गठन गर्न माग गरेको बताउँदै दलित सांसदको नेतृत्वमा तत्काल संसदीय छानबिन समिति गठनको माग गरे ।
उनले समिति गठन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए । सांसद विश्वकर्माले गृहमन्त्रीले गठन गरेको छानबिन समितिले न्याय दिन नसक्ने दावी गर्दै उक्त समितिलाई मान्यता पनि नदिने समेत बता ।
https://www.facebook.com/himaldainik/videos/295548744945656/?t=3
त्यस्तै बैठकको शुन्य समयमा नेपाली काँग्रेसका गगनकुमार थापाले संविधानमा दलितको हकको स्पष्ट व्यवस्था भए पनि रुकुम(पश्चिम)को घटनाले नेपालीको अनुहारमा कालो पोतेको बताए । गत जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजहारी पुगेका थिए । त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो । घटनामा ६ जनाको मृत्यु भएको छ ।
https://www.facebook.com/himaldainik/videos/294342461582417/?t=0
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय