हिमाल दैनिक
रुकुम घटनामा ढाकछोप र राज्यको लाचारी टुलुटुलु हेरिबसेको संसदसँग लाज पनि लजायोः थापा
gagan thapa
नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले रुकुम–पश्चिमको घटनालाई अनेक बहानामा ढाकछोप गर्न भइरहेको प्रयत्न र राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्ने हो भने संसद र सांसदहरुसँग लाज पनि लजाउने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै नेता थापाले जेठ १० गते रुकुमको चौरजहारी नगरपालिकामा जाजरकोटका नवराज बिकसहित ६ जनालाई कुटपिटपछि हत्या गरिएको भन्ने घटनाको विषयमा राज्यले पीडितलाई न्याय दिन नसकेकोमा यस्तो अभिव्यक्ति दिएका हुन्। https://www.facebook.com/himaldainik/videos/294342461582417/?t=3 उनले भने, ‘संविधानमा स्वतन्त्रताको हक, समानताको हक, आत्मसम्मान पूर्वक बाँच्न पाउने हक, मर्यादित जीवन जीउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हकदेखि दलीतको हकसम्म सबै लेख्यौँ, कानून बनायौँ भनि गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले यस्तो गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ।’ ‘यस्तो अमानविय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ,’ थापाले थप्दै भने। उनले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताउँदै रुकुम नरसंहार लगायत यो लकडाउनको अवधिमा मात्रै जातीय विभेदका कारणले ३२ जना भन्दा बढी दलीतहरुको हत्या, आत्महत्या, बलात्कारका घटनाको छानविन गर्न अविलम्ब सर्वदलीय संसदीय छानविन समिति बनाउन समेत माग गरे। साथै उनले संसदले आफूहरुले उठाएको माग अनुसार समिति गठन नगरेसम्म उक्त माग सदनमा उठाइरहने र न्यायको पक्षमा बोलिरहने बताए।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update