हिमाल दैनिक
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेलाई नेपालको संविधान दोस्रो संशोधन २०७७ सदनमा पेश गर्न समय दिए। उक्त विधेयकमा कुनै पनि दल र सांसदबाट विरोधको सूचना दर्ता नभएको भन्दै सभामुख सापकोटले सरकारले हालै जारी गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सालाई नेपालको संविधानको धारा ९ को अनुसूचि ३ मा उल्लेखित निशान छापमा रहेको नक्सा परिमार्जनको प्रस्ताव पेश गर्न अनुमति दिए। सभामुखले दिएको अनुमति अनुसार, सरकारका मन्त्रीले संशोधन प्रस्ताव सदनमा पेश गरेसँगै अब संविधान संशोधनको प्रक्रियाले औपचारिकता पाएको छ। संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारिक रुपमा निर्णय गरेसँगै सरकारले पेश गरेको संशोधन प्रस्तावको पक्षमा आवश्यक दुई तिहाई बहुमत पुर्याउन सहज भएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update