संसद सचिवालयले सरकारले हालै संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव आइतबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ।
संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचि सार्वजनिक गर्दै भोलिको कार्यसूचिको पहिलो बुँदामा उक्त एजेण्डा राखिएको छ।
सचिवालयले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचिमा भोलिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने जनाइएको छ।
भोलिको बैठकमा उक्त प्रस्ताव पेश भएमा सरकारले हालै जारी गरेको नेपालको संशोधित नक्सालाई संविधानको अनुसूचि ३ मा उल्लेखित निशाना छापमा उल्लेखित नेपालको नक्सा संशोधन गर्ने निर्णयलाई वैधानिकता दिने प्रक्रियाले गति लिने छ।
सरकार र प्रमुख राजनीतिक दलसँगै आम जनताको चाहना बमोजिम छोटो बाटोबाट संशोधन प्रस्ताव पारित गराउन सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बसाएर संसदीय नियमावलीका केही प्रावधान निलम्बन गराउनु पर्नेछ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय