हिमाल दैनिक
अर्थमन्त्रीद्वारा १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत
yub-raj-khatiwada
नेपालको इतिहासमा सम्भवत् पहिलो पटक अघिल्लो वर्षको तुलनामा अर्को वर्षको वार्षिक बजेटमा भारी कटौती भएको छ। सरकारका अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षको आय, व्यय विवरण प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेको घोषणा गरे।  चालु खर्चमा गतसाल भन्दा ९ अर्ब घटाएका अर्थमन्त्रीले विकास खर्च ६० अर्ब घटाएर संमृद्धिका नारा फलाकेका छन्। कुल विनियोजन मध्ये चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, अर्थात ६४.४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात ११.७ प्रतिशत रहेको छ। https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6 यसरी विनियोजन गरिएको बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा रु ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने उनले बताए। सो न्यून पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाउने तथा राजस्व परिचालन र वैदेशिक अनुदान सहायता परिचालनबाट पनि अपुग हुने २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने उनले बताए। गत वर्षको बजेट भाषणमा उनले उक्त शीर्षकमा १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख विनियोजन गरेका थिए। जसमा चालु खर्च तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत रहेको थियो भने, पूँजीगत खर्चका लागि ४ खर्ब ६ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत रहेको थियो। वित्तिय व्यवस्थापनका लागि १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात ११ प्रतिशत रहेको थियो। जसको स्रोत व्यवस्थापनका लागि अर्थमन्त्रीले ९ खर्ब ८१ अर्ब १३ करोड भन्दा बढी राजस्वबाट र ५७ अर्ब ९९ करोड ५५ लाख वैदेशिक अनुदानबाट व्यहोर्दा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख न्यून रहेको थियो। बजेट_वक्तव्य_२०७७_website
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update