हिमाल दैनिक
बजेट अपडेट महाकाली सिंचाइ आयोजनालाई १० अर्ब २५ करोड रुपैयाँ बजेट बिनियोजन
budget-bhasan
सरकारले महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । बिहीबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै सो जानकारी दिए । उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट उक्त आयोजनाका लागि विनियोजन गरेको छ । महाकाली सिँचाइ आयोजनालाई रणनीतिक महत्वको आयोजनाका रुपमा समेत हेरिने गरेको छ । उहाले जलबिधुत आयोजनलाई निर्माणलाई आगामी आर्थिक बर्ष पनि तिव्रता दिने जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा केन्द्रीय प्रणालीमा १३ सय मेगावाट विद्युत् थपिने बताए । यस्तै, माथिल्लो अरुण, किमाथांका अरुण, तामाकोसी–५, चेनपुर सेती लगायत आयोजना जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत अगाडि बढाइने बजेटमा उल्लेख छ । https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6 उनले काठमाडौंबाट सुरू भएको विद्युतीय तार भूमिगत कार्यलाई निरन्तरता दिने बताए । खतिवडाले आगामी वर्ष भक्तपुर, ललितपुर, चितवनमा लगायतका ठूला सहरमा विद्युतीय तार भूमिगत गरिने लगायत ठूला सहरमा विस्तार गरिने बताए । गरीब र विपन्‍न परिवारले विद्युत जडान गर्दा निशुल्क कनेक्शन व्‍यवस्था मिलाइदिने अर्थमन्त्री खतिवडाले बताए । खतिवडाले देशका सबै परिवार लागि ऊर्जा कार्यान्वयनमा ल्याउन यस्तो योजना ल्याएको बताए । यसका साथै उनले आगामी दुई वर्ष्भित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पुर्‍याउदै उज्यालो नेपालको अभियान सम्पन्‍न गरिने सरकारले लक्ष्य लिएको उनले बताए । त्यस्तै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताए । मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उनले बताए । तिनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उनले बताए । तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update