सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बिहिबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुद क्षेत्रलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको जानकारी गराएका हुन। खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने अर्थमन्त्री खतिवडाले बताए ।
https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6
त्यस्तै कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन र सबै स्थानीय तहमा खेलग्राम विकास गरिने बजेटमा उल्लेख गरिएको छ । यसैगरी सरकारले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । यसैगरी गत वर्षकै कार्यक्रम सबै स्थानीय तहमा खेलग्राम बनाउने योजनालाई निरन्तरा दिइएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि मन्त्री खतिवडाले बताए ।
सरकारले यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
त्यस्तै अन्य अपडेट:
- बजेट अपडेट: काठमाडौंमा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने
-
समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको अर्थमन्त्रीको दाबी
-
सामाजिक सुरक्षा भत्तामा कटौती नहुने
-
अघिल्लो बर्षको तुलनामा बजेट घट्ने संखेत
-
शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन
भिडियो:
https://www.facebook.com/himaldainik/videos/858269027915950/?t=32प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय