हिमाल दैनिक
सरकारले गत वर्ष देशको ९२ प्रतिशत जनसंख्यामा खानेपानी पुर्याउने लक्ष्यसहितको बजेट सार्वजनिक गरेका अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि जम्मा दुई प्रतिशतले बृद्धि गर्दै ९४ प्रतिशतको लक्ष्य तोकेका छन्। आगामी आर्थिक वर्षको बजेट भाषण गर्ने क्रममा संघीय संसदको संयुक्त बैठकमा मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्। त्यसैगरी उनले ग्रामिण विद्युतीकरणको परियोजनाका लागि पनि बजेट रकम घटाएका छन्। गतवर्षको बजेटमा उक्त शीर्षकका लागि ४ अर्ब ५० करोड विनियोजन गरेका अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि जम्मा ४ अर्ब विनियोजन गर्ने घोषणा गरका छन्। https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6

त्यस्तै अन्य अपडेट:

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update