अर्थमन्त्री डा युबराज खतिवडाले पेश गरेको बजेट अघिल्लो बर्षको तुलनामा अहिले घटेको छ। बिहिबार संघीय संसदमा संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले यो बर्ष बिभिन्न आयोजनामा अघिल्लो बर्षको तुलनामा कम बजेट पेस गरेका छन्।
राष्ट्रपति चुरे संरचना आयोजनामा लगयत अन्य क्षेत्रमा सरकारले यस बर्ष बजेट घटेको छ। आ ब २०७६/७७ मा सरकारले राष्ट्रपति चुरे संरचनाका लागि एक अर्ब ७४ करोड बजेट छुटाएको थियो। यस बर्ष भने यस संरचनाका लागि सरकारले एक अर्ब ५५ करोड छुटाएको छ।
https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6
पर्यटन क्षेत्रमा यस बर्ष सरकारले दुई अर्ब ६४ करोडको बजेट छुटाएको छ। यस अघिको बर्षमा अर्थमन्त्री खतिवडाले दुई अर्ब ७० करोडको रकम बिनियोजन गरेको थियो।
त्यस्तै कतिपय आयोजनामा सरकारले पुरानै बजेट रकमलाई निरन्तरता दिएको छ। त्यस्ता योजनामा यस बर्ष र गत बर्षमा केवल भाषामा मात्र फरक पाइएको छ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय