सरकारले कृषि वाली तथा पशुपक्षी बीमाको दायरा थप विस्तार गरि जोखिम न्यूनिकरण गर्न बीमा प्रिमियम अनुदान रकममा बृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बाली बीमा गर्दा प्रिमियम बापत कृषकले तिर्नु पर्ने रकम बाली उत्पादन भए पछि तिर्ने सुविधा उपलब्ध गराइने जानकारी दिए ।
गत आर्थिक वर्ष बाली तथा पशुपन्छी विमा कार्यक्रम अन्तर्गत लाग्ने विमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो। आगामी आर्थिक वर्षमा यसको दायरा थप गरिएको खतिवडाले बताए । उनले कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था गरेको बताए ।
https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको जानकारी दिए । त्यस्तै सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री खतिवडाले ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने बताए । भूमी बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको उनले बताए ।
सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने जनाएको छ । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुनकोशी मरिन सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै अन्य अपडेट:
- बजेट अपडेट: काठमाडौंमा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने
-
समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको अर्थमन्त्रीको दाबी
-
सामाजिक सुरक्षा भत्तामा कटौती नहुने
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय