हिमाल दैनिक
सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन गरेको बताए। कोरोनाबाट अर्थतन्त्र आहात बने पनि सामाजिक सुरक्षा भत्तामा कटौती नगरिएको अर्थमन्त्रीले घोषणा गरेका हुन् । वृद्ध, अशक्त, एकल महिला लगायतले सामाजिक भत्ता पाउनेछन् । उनले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरे । त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताए । गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उनले जानकारी दिए । https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6 त्यस्तै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्दै यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गर्ने उनले बताए । अर्थमन्त्री खतिवडाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएको कारण दैनिक जनजीवनमा परेको प्रतिकूल प्रभावलाई सहज तुल्याउन सरकारले ल्याएको तत्काल राहत कार्यक्रमलाई संक्रमण जोखिम रहँदासम्म निरन्तरता दिने उनले बताए । घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको उहाले जानकारी दिए । राष्ट्र बैंकमार्फत सञ्चालन हुने यो कोषमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने अर्थमन्त्री खतिवडाले बताए । https://www.facebook.com/himaldainik/videos/305666650426868/

त्यस्तै अन्य अपडेट:

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update