हिमाल दैनिक
सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका गरेका हुन् । त्यस्तै उनले सबै प्रदेशमा दुई सय शैय्याको अस्पताल बनाइने बताए । स्वास्थ्य सेवामा खटिका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने घोषणासमेत अर्थमन्त्री खतिवडाले घोषणा गरे । उनले स्वास्थ्यकर्मीलाई पाँच लाखको निशुल्क स्वास्थ्य बिमा गरिने बताए । हरेक प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाउने घोषणा गर्दै सरकारले प्रत्येक स्थानीय तहमा १५ बेडसम्मको अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको उनले बताए । https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6 मन्त्री खतिवडाले कोरोना भाइरसलगायत संक्रामक रोग र अरु रोगसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्याउने उद्देश्य रहेको बताए । उनले स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायर विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, संक्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउने उद्देश्य सरकारको रहेको प्रष्ट पारे । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट ९० अर्ब ६९ करोड छ्ट्टाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update