अर्थमन्त्री डा. युवराज खतिवडाले समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी गरेका छन्। बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी गरेका छन् । खतिवडाले फागुनसम्म आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै कोरोनाका कारण अब चुनौती बढेको बताए । उनले विदेशी मुद्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको बताउनुभयो । त्यसैगरी निर्यात १२ . ९ प्रतिशतले बढेको बताउँदै खतिवडाले आयात घटेको उल्लेख गरे ।
https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6
चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रीले बताए । बिमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट बढेर ७० लाख पुगेको उनले बताए ।
सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक रहेको बताउँदै खतिवडाले विद्यालयमा भर्नादर बढेको जनाए । कुल ग्राहस्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको उनले बताए । नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय