सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन सम्बन्धी विधेयक बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ।
संसद सचिवालयले आज सार्वजनिक गरेको बैठकको दैनिक कार्यसूचिमा नेपालको नयाँ नक्सा उल्लेखित संविधानको अनुसूचि ३ मा रहेको निशाना छाप संशोधनको प्रस्ताव पेश गर्ने कार्यसूचि नराखी अन्य विषयलाई समेटिएको छ।
नेपालको भूभागका रुपमा परिचित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटी हालै सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा पनि परिमार्जन गर्न सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको थियो।
सरकार र सत्तापक्षका केही नेताहरुले आजको बैठकमा संविधान संशोधन सम्बन्धी विधेयक पेश गर्न सक्ने सम्भावना रहेको बताएपनि संसद सचिवालयले कार्यसूचि तय गरेपछि उक्त सम्भावना केही दिनपछि हुने भएको छ।
यसैबीच सरकारले नागरिकको गोपनियतामाथि अतिक्रमण गर्नेगरी राष्ट्रिय सभामा दर्ता गरी उक्त सभाले पारित गरेको नेपाल विशेष सेवा ऐन संशोधन गर्न बनेको विधेयक आजको बैठकमा पेश गरिने भएको छ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय