हिमाल दैनिक
नेकपा नेता जनार्दन शर्माद्वारा चौरजहारी घटनालाई तोडमोड गरेपछि कांग्रसद्वारा संसदमा हंगामा
janardhan sharma
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनालाई तोडमोड गरेपछि विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदनमा होहल्ला गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विपक्ष र सत्तापक्षका केही सदस्यहरुले उक्त घटनामा जाजरकोटका नवराज बिश्वकर्मासहित ६ जनाको हत्या गरेको विषयमा सरकारको धारणा माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री रामबहादुर थापालाई बोल्न समय दिए। त्यसपछि सत्तारुढ नेकपाका नेता एवं रुकुम–पश्चिमका सांसद शर्माले उठेर आफूले पनि बोल्न पाउनु पर्ने माग गरेपछि सभामुख सापकोटाले उनलाई संक्षिप्तमा आफ्ना कुरा राख्न समय दिए। बोल्ने क्रममा सांसद शर्माले उक्त दिन साँझ साढे ६ बजेतिर नवराज लगायत १८ जना युवा लकडाउनको समयमा वीरबहादुर मल्लको घरमा गएपछि उनकी श्रीमतीले हारगुहार गरेर गाउँले बोलाएको बताए। https://youtu.be/HWnmS8BD6f0 लकडाउनको समयमा आएका युवा को हुन भनि सोधखोज गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा भेरी नदीमा ११ जनाले हाम फाले पनि पाँच जनाले तैरिएर ज्यान बचाएपनि ६ जना हराएको भन्दै शर्माले उक्त घटनाबारे अलग विवरण दिएपछि विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाए। साथै उनले उक्त घटनामा कुनै राजनीतिकरण नभएको भनेपछि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाउँदै आपत्ति प्रकट गरे। केही समय शर्मा र कांग्रेस सांसदबीच भनाभनको स्थिति बनेको थियो। सभामुख सापकोटाले पटक पटक विपक्षी दलका सांसदलाई बस्न आग्रह गरेपछि सांसद शर्माले उक्त घटनाको विषयमा छानविन समिति बनाई सत्य तथ्य बाहिर ल्याएर दोषीमाथि कारबाही गर्न माग गर्दै त्यसमा आफ्नो पनि समर्थन रहेको बताए।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update