हिमाल दैनिक
नेकपाका दुई पूर्व गृहमन्त्रीले चौरजहारी घटनालाई दबाउन खोजेः प्रकाश स्नेही
prakash-snehi
नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही रसाइलीले रुकुम पश्चिमको घटनालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई सांसद तथा पूर्व गृहमन्त्रीले दबाउने कार्य भइरहेको आरोप लगाए। नेकपाका सांसद जनार्दन शर्माले उक्त घटनाको विषयमा लकडाउनको समयमा अपरिचित युवाहरु बीरबहादुर मल्लको घरमा गएपछि भएको झडपपछि ११ जना युवाहरु भेरी नदीमा हाम फालेको र त्यी मध्ये ६ जनाको ज्यान गएको जानकारी दिएपछि त्यसको विरोधमा बोल्दै सांसद रसाइलीले यस्तो आरोप लगाए। उनले भने, ‘जाजरकोट र पश्चिम रुकुमका दुई पूर्व गृहमन्त्री मिलेर त्यो घटना लुकाउने काम भइरहेको सूचना हामीले पनि पाएका छौँ।’ आफूहरुले उक्त घटनाकोबारेमा सरकारका गृहमन्त्रीको जवाफ चाहेको बताउँदै त्यसपछि मात्रै आफुहरुले यसबारे आफ्नो कदम अघि बढाउने भनि उक्त घटनाको छानविनको माग गरे। सांसद रसाइलीले नेकपाका सांसदद्वय शर्मा र मन्त्री शक्ति बस्नेतलाई आक्षेप लगाएपछि सत्तापक्षका सांसदहरुले विरोध गर्दै उनको उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update