हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको विवादस्पद विकास सहयोग सम्बन्धी सम्झौता (एमसी) अनुमोदन गर्ने वा नगर्ने विषय संसदको भएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीमबहादुर रावलले एमसीसीमा उल्लेखित विकास कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रममा राखेर सरकारले एमसीसीलाई जस्केलाबाट अनुमोदन गराउन खोजेको आशंका व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले लप्सीफेदी रातमाटे हेटौँडा विद्युत ट्रान्समिसन लाइन विस्तार योजना नेपाली प्राविधिक र योजनाविदहरुले नेपालको जलविद्युत उत्पादनका लागि आवश्यक भएको बताउँदै उलने उक्त योजना एमसीसीले बनाए एमसीसी र नबनाए आफैले बनाउने बताए। उनले उक्त परियोजना नबनाएमा नेपालमा जारी जलविद्युत परियोजनाले चार÷पाँच वर्षपछि उत्पादन हुने विजुलीको व्यापार गर्न नसकिने दाबी उनले गरे। एमसीसीबारे यस सदनले छलफल गरेर निकास दिने विषय हो भन्दै उनले उक्त सम्झौता विगतको संयुक्त सरकारले गरे पनि वर्तमान सरकार विगतकै निरन्तरता भएको बताउँदै विगतमा भएका सहमति र सम्झौता अहिलेको सरकारले लिन्न भन्न नमिल्ने बताए। ‘अघिल्लो सरकारले वार्ता गर्यो, छलफल गरेर सम्झौता गर्यो र यो सरकारले अनुमोदनका लागि सदनमा टेबल गरेको हो। यो अघिललो संयुक्त सरकारले गरेको सम्झोता मैले गरेको होइन भनि छोड्न मिल्दैन। यो भयो भने राज्यप्रतिको विश्वसनियता, नीतिहरुसँगको विश्वसनियतामाथि प्रश्न उठ्छ। त्यसकारण सम्झौता हुने बेलामा हरेक सरकारले राष्ट्रियताको हितमा गम्भीर हुनु पर्छं। यसमा दलहरुभित्र वा माननीयकाबीचमा छलपल हुन सक्छ र छलफल गर्न सकिन्छ। यो पास वा फेल गर्ने कुरा सदनको कुरा हो। यो सभामुखको टेबलमा आइसकेको छ,’ उनले भने। एमसीसी सम्झौताबारे सत्तारुढ दल नेकपाभित्र एक सत्तामा रहेकाहरुसँगै प्रधानमन्त्री निकटस्थहरु पक्ष र असन्तुष्ट नेताहरु विपक्षमा रहँदा अघिल्लो सदनमा उक्त प्रस्ताव अनुमोदन हुन सकेको थिएन। जसको कारण तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि प्रधानमन्त्री ओलीले गम्भीर असन्तुष्टि समेत व्यक्त गरेका थिए। यसरी विवादस्पद अवस्थामा रहेको एमसीसीबारे प्रधानमन्त्री ओलीले सदनबाट निर्णय लिनु अगाडि दलहरुबीच छलफल वा केही कुरा गर्नु पर्ने भए त्यो दलहरुले आपसमा कुरा गरी छलफलमा टुंग्याउनु पर्नेमा जोड दिए। उनले भने, ‘पास नगर्ने हो भने संसदीय दलले ह्रिवप जारी गर्नु पर्यो। तर, यहाँ नीति तथा कार्यक्रममा कहाँ लेखेको छ र एमसीसी? एमसीसी पास भए पनि नभए पनि लप्सीफेदी रातमाटे हेटौडा लाइन बनाइन्छ।’
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update