हिमाल दैनिक
प्रतिनिधिसभामा सरकारको आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो । नीति तथमा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव गर्दा गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । सांसदहरुले राखेका संशोधन प्रस्तावरु फिर्ता नभएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । https://www.facebook.com/himaldainik/videos/1178622502474245/?t=23 सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनिहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । सरकारले यसवर्ष स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ । प्रतिनिधिभसभाको अर्काे बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update