हिमाल दैनिक
संक्रमणको संख्या ४०३ पुग्दैछ : प्रधानमन्त्री ओली
kp sharma oli
कोरोना संक्रमणको संख्या ४०३ पुग्ने संखेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन। मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले प्रतिनिधि सभामा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा आज थप २८ जनामा संक्रमण देखिने बताएका हुन। यद्दपी उनले यसको एकिन गर्न बाँकि राखेको बताए । उनले नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको दुखद रहेको बताएका छन। उनले नेपालमा मृत्यु भएकाहरु कोरोनाबाटै भएको या नभएको एकिन न भएको बताए। बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमण भएका बिरामीहरु अरु कुनै रोगबाट मरेपनि कोरोनाबाट मरेको पुष्टि हुने भएकोले नेपालमा दुई जनामाको मृत्यु भएको बताए। हाल सम्म नेपालमा ३७५ जनामा कोरोनाका संक्रमण देखिएको छ । https://www.facebook.com/himaldainik/videos/919163168543852/ गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रंश्नको जवाफ दिन सभामुख अग्निप्रसाद साकोटाले समय दिएपछि प्रधानमन्त्री ओली जवाफ दिन रोष्ट्रममा पुगेर जवाफ दिन सुरु गरेका छन्।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update