नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारका प्रधानमन्त्रीलाई धृतराष्ट्र र अर्थमन्त्रीलाई युवराज दुर्योधनको संज्ञा दिँदै दुर्योधनको कारण हस्तिनापुरका जनताले जस्तै नेपाली जनताले दुःख पाएको आरोप लगाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा सोमबार भएको छलफलमा भाग लिँदै सांसद सिंहले हिन्दीमा प्रचलित भनाई ‘अन्धेर नगरी चौपट्ट राजा, टकेश्वर भाजी टकेश्वर खाजा’ भनिए जस्तै सरकारको नीति तथा कार्यक्रम आएको र त्यसमा केही समस्या छैन सबै ठिकठाक छ जस्तो गरिएको आरोप लगाए।
लकडाउनका समयमा उपत्यकाका सडकमा सरकारले नेपाली सेनालाई परिचालन गरेसँगै आइतबार कालिमाटीमा सेनाका सुरक्षाकर्मीले एक जना ६७ वर्षीय घनश्याम झालाई गरेको दुव्र्यवहारप्रति नेता सिंहले पनि आपत्ति जनाए।
उनले सेनाका जवानहरुको विषयमा सामाजिक सञ्जाल र संचारमाध्यमा आएका तस्विरहरुबारे चर्चा गर्दै भने, ‘आज आर्मीको तीनवटा फोटो भाइरल भएको छ। एकातिर महारानीको छोराछोरी समेत छिन्नमस्ता मन्दिरमा जाँदा चप्पल बोकेको सिन छ, अर्कोतिर यहि यत्रो महामारीकाबीचमा रातो कार्पेट विच्छ्याएको देखिन्छ। अर्कोतिर हिँजो मात्रै गरिव जनता जो आफ्नो श्रीमती बचाउन ब्लड लिन जाँदा उसलाई सडकमा नग्याँउछ।’
महाभारतको कथामा भएजस्तै जब कमजोर मानिसलाई निर्बस्त्र गर्ने कााम गरिन्छ तब सत्ता टिक्दैन भन्दै उनले त्यो सत्ता समाप्त हुने घोषणा पनि गरे।
‘महाभारतमा द्रौपदीलाई जस्तै कालिमाटीमा कमजोर मधेसी नागरिक घनश्याम झालाई नग्याउने काम भएको छ। जुन तरिकाले शासन सत्ताको बलमा उसलाई नग्न गरियो यसले देखाउछ, यो सत्ताको दिन धेरै लामो छैन,’ उनले भने।
साथै उनले भने, ‘यो धृतराष्टरुपी सरकारका प्रमुख र दुर्योधन रुपी युवराज अर्थमन्त्री छन्, जसरी युवराजकै कारण हस्तिनापुर समाप्त भयो किन जनतालाई त्यो युवराज एमराज सावित भयो मलाई कहि न कहि चिन्ता लागिरहेको छ कि यो सरकार धृतराष्टरुपी प्रमुखका युवराज अर्थमन्त्रीको कारण नेपाली जनताका लागि एमराज सावित नहुन्।’
उनले अथृमन्त्रीले जनतालाई राहत दिने विषयमा कसरी दिने भनि जवाफ दिनेले राज्यको ढुकुटीको पैसा मन्त्रीका लागि तीन, चार करोडको गाडी किन्न र चढ्न हो भनि प्रश्न गरे।
लकडानको समयमा राष्ट्रपतिको सवारीमा लावालस्कर आवश्यक नभएको बताउँदै अहिले जनता लकडाउनमा रहेको र लकडाउन खुलेपछि जनताले सरकारमाथि लकडाउन गर्ने चेतावनी दिए।
उनले सरकारले यति, ओम्नी र बालुवाटार जग्गामा संलग्न व्यक्तिलाई समेत क्लिनचीट दिएको आरोप लगाउँदै हुँदा हुँदा सांसद अपहरण गर्नेलाइृ पनि क्लिन चीट दिएको भन्दै सरकारको काम नै क्लिन चीट दिने भएको बताए। तर, जनता दरबारमा सरकारले क्लिन चीट नपाउने दाबी गरे।
साथै उलने यो नीति तथा कार्यक्रममा संघीयत र गणतन्त्र बाँच्छ कि बाँच्दैन भन्ने र लोकतन्त्र रहन्छ कि रहँदैन र समावेशीता रहन्छ कि रहँदैन भन्ने चिन्ता रहेको बताए।
सरकारको कार्यक्रम कोरोनाबाट आगामी दिनमा कसरी परिक्षण गर्ने र कसरी भोकमरीमा परेका जनतालाई खुवाउने र कसरी श्रमिकको व्यवस्थापन गर्ने भन्ने कुरा कहि नदेखिएको बताए।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय