नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई रोग र भोक बाट जोगाउन सरकारले काम गुमाएका श्रमिक, मजदूर, र विपन्न किसान लगायतका वर्गलाई महिनाको पाँच हजारको दरले तीन महिना दिन र उनीहरुको जीवन सहज बनाउन माग गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा नेता कार्कीले अहिले मध्यम वर्गदेखि निम्न वर्गका जनता र रोजगारी गुमाएका विपन्न मजदूर र किसानहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै उनीहरुको खातामा तीन महिना राहत स्वरुप तीन महिनाको १५ हजार रुपैयाँ उपलब्ध गराएर जनतालाई बचाउँनु परेको बताए।
सरकारले विकास आयोजनाको सवालमा छिटो प्रतिफल आउने आयोजना अघि बढाउन तथा लिपुलेक लगायतको क्षेत्रबारे के काम भएको छ भनि जानकारी माग गरे।
एमसीसीको विषय अहिले सत्तारुढ दलभित्र आन्तरिक विवाद विषय बनेको बताउँदै उनले उक्त परियोजनालाई विवादको विषय नबनाई तत्काल संसदबाट पारित गराउन पनि माग गरे।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय