नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा जुन सफलता हाँसिल गरेको भनि दाबी गरेको छ त्यो कार्यक्रमको पाना पल्टाएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आइतबारको प्रतिनिधि सभा बैठकमा देउवाले विगत दुई वर्षका निित तथा कार्यक्रम फर्किएर हेरे यसमा स्वयं प्रधानमन्त्री ओलीलाई पनि लज्जाबोध हुन सक्ने दाबी गरे।
साथै उनले सरकारले विगतकै कार्यक्रम दोहोर्याएर आत्मरतिमा रमाउनमै मस्त रहेको आरोप समेत लगाए।
सरकारले वर्तमान परिस्थितिमा स्रोत साधनको आँकलन गर्न र उचित लक्ष्य र कार्यक्रम पहिल्याएर आउन नसकेको दाबी पनि गरे।
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गर्ने प्रधानमन्त्री स्वयंले भ्रष्टाचारका घटनालाई ढाकछोप गर्न लागि परेको आरोप पनि लगाए।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय