हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको निधन हुनुको पछाडि समयमा उपचार नपाउँदा मरेको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा सुरु भएको छलफलमा भाग लिँदै देउवाले सुत्केरी महिलाले समयमा उपचार नपाएर निधन हुँदा उनको नाबालक बच्चा र परिवारको पीडा आफूले बुझेको बताए। साथै उनले सरकारले कोरोना भाइरसको संक्रमणबाट भएको क्षतिको आँकलन गर्न नसकेर यसविरुद्ध चाल्नु पर्ने सावधानी भन्दा बहुवर्षीय कार्यक्रममा बरालिएको आरोप लगाए।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update