राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्रघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुने भएको छ।
संसद सचिवालयले तय गरेको दैनिक कार्यसूचि अनुसार, सरकारको नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सदनमा राख्नेछन्।
विगतमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव राख्नुका साथै प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने प्रचलन भएपनि यसपटक मृगौला प्रत्यारोपण गरी बसेका प्रधानमन्त्रीले प्रस्ताव पेश गर्न रक्षामन्त्री पोखरेललाई दिएका हुन्।
त्यसपछि प्रतिनिधिमा उक्त प्रस्तावमाथि सांसदहरुले दलीय आधारमा आज र भोली छलफल गर्ने तयारी सचिवालयले गरिरहेको छ।
यसैगरी उक्त प्रस्तावमाथि राष्ट्रिय सभामा पनि छलफल गरिने भएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय