हिमाल दैनिक
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत र नेपालको चूनौति संवोधन गर्ने प्रकारको नभएको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रमले मुलुकको समस्या सम्बोधन गर्न नसकेको बताए । बैठकले गरिविको रेखामूनी रहेका जनतालाई खाधान्न लगाएत नगद नै राहत दिनुपर्ने माग पनि गरेको छ । सरकारले जनताको उपचार, खाद्यान्न लगाएतका राहत प्याकेज ल्याउन नसकेको मुख्य सचेतक खाँणले बताए । त्यस्तै बिदेशमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल स्वादेश ल्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा मापदण्ड पुरा गरी आवश्यक क्वारेन्टाइन र स्वास्थ्य उपचार गर्ने व्यवस्था गरि विदेशमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल ल्याउनुपर्ने निष्कर्ष निकालिएको खाँणले जानकारी दिए । त्यस्तै बैठकले नेपाली भूमिमा भारतले सडक बनाएको प्रति घोर आपत्ती जनाउदै तत्काल वार्ताबाट नेपाली भूमि फिर्ताको पहका लागि वार्ता गर्न पनि माग गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update