सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघ र स्थानीय तहले गर्ने खर्च नदोहोरिने गरी विनियोजन गर्ने घोषणा गरेकी हुन् । चालू आर्थिक वर्षको कूल बजेटमध्ये झण्डै दुई तिहाई बजेट चालू खर्चका लागि विनियोजन हुँदै आएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा खर्चको स्रोत व्यवस्थापनमा आन्तरिक पूजीको प्रयोग बढी गर्ने घोषणा समेत गरेको छ । कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।
यस्तै कृषि उत्पादन र बजारीकरणमा आधुनिकिकरण गर्ने उनले बताईन । कृषि उत्पादनलाई अबको १० वर्षमा अहिलेको भन्दा दोब्बर बनाउने लक्ष्य लिएको उनले बताईन ।
उनले कृषिको व्यवसायीकरणका लागि कृषि पूर्वाधार विकासका लागि आउँदो वर्षका लागि ठूलो लगानी गर्न लागिएको बताइन । कृषिलाई व्यवसायीकरणका लागि पूर्वाधाधार विकास अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय