हिमाल दैनिक
सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताईन । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताए । उनले संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने नीति रहेको जानकारी दिईन । संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने उनको भनाई छ । त्यस्तै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाइने भएको छ । हरेक अस्पतालको स्तरोन्नती गर्ने नीति सरकारको रहेको पनि उनले बताईन । महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने उनले बताईन ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update