हिमाल दैनिक
अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रको झझल्को दिनेगरी पटक पटक मेरो सरकार भनि गरेको सम्बोधनले विवादमा तानिएकी राष्ट्रपति भण्डारीले यसपटक त्यो त्रुटि पनि सच्याएकी छिन्। सरकारको नीति तथा कार्यक्रम पेश गर्दा सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई माननीय मात्रै भन्दै पटक पटक मेरो सरकार भनेकोमा चौतर्फी आलोचना सहनु परेपनि यसपटक भने सम्बोधनको सुरुमै सभामुख र अध्यक्षलाई सम्माननीय शब्दले सम्बोधन गर्ने मात्र होइन त्यसपछिको क्रममा उनले मेरो सकार नभनी नेपाल सरकारले भनि सम्बोधन गरिन। उनले नेपाल सरकार र यो सरकार भन्ने शब्द प्रयोग गर्दै जनताको भावनालाई सम्बोधन गर्न प्रतिबद्ध भएको बताइन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update