हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष सरकारको नीति तथा कार्यक्रम पेश गर्दा सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई माननीय मात्रै भनेपछि चर्को विरोध भएपछि यसपटक उक्त त्रुटि सच्याएकी छिन्। गत वर्ष सरकारको नीति तथा कार्यक्रम पेश गर्दा सभामुख र अध्यक्षलाई सम्माननीय भनि सम्बोधन नगरी केबल माननीय मात्रै भन्नुका साथै पटक पटक मेरो सरकार भनि गरेको सम्बोधनप्रति प्रमुख विपक्षी दलले चर्को विरोध समेत जनाएको थियो। तर, यसपटक भने राष्ट्रपति भण्डारीले सम्बोधनको सुरुमै सम्माननीय सभामुख र सम्माननीय अध्यक्ष भनि सम्बोधन गरेपछि उनले अघिल्लो वर्ष त्रुटि भएको मौन स्वीकारोक्ति दिइकी छिन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update