जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारमा रहेका जिम्मेवार पदाधिकारीहरुले राज्य सञ्चालनको प्रक्रियामा गम्भीर खेलवाड गरिरहेको आरोप लगाएका छन्।
सरकारको आगामी वार्षिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै जसपा नेता कर्णले दुई दिन अगाडि सबै कलकारखाना र उद्योगहरु खोल्नेदेखि सवारी साधन सञ्चालन गर्न दिने भनेको सरकारले आजदेखि फेरि सबै बन्द गर्ने निर्णयमाथि प्रश्न उठाए।
उनले भने, ‘दुई दिन अघि किन उद्योगहरु खोल्ने र सवारी साधान सञ्चालन गर्ने भन्ने र दुई दिनपछि फेरि बन्द गर्ने भन्ने राज्य सञ्चालकलाई दुई दिनपछिको अवस्थाबारे सहि आँकलन गर्न सक्दैनन् भने दीर्घकालिन योजना कसरी बनाउन सकिन्छ? के यो बच्चाको खेल हो?’ भनि प्रश्न गरे।
यसैगरी उनले आगामी वार्षिक बजेटमा कोरोना कहरबाट प्रभावित जनताको राहत, उद्दार र व्यवस्थापनलाई ध्यान दिएर विशेष व्यवस्था गरिनु पर्ने माग गरे।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय