हिमाल दैनिक
प्रि-बजेट छलफलमा अर्थमन्त्री नदेखेपछि राजेन्द्र लिङ्देन भनेः यो कर्मकाण्डी सभा किन?
Rajendra Lingden
सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा जारी छलफलका क्रममा अर्थमन्त्री युवराज खतिवडालाई नदेखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले बैठकमा अर्थमन्त्रीको अनिवार्य उपस्थितिको माग गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा जारी विनियोजन विधेयक २०७७ को सिद्धान्छ र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा सभामुखबाट समय पाएपछि रोष्ट्रममा पुगेका लिङ्देनले बोल्न सुरु गर्नु अघि अर्थमन्त्रीको उपस्थिति नभएपछि आफू बोल्न तयार भएनन्। उनले भने, ‘यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने हो। जब अर्थमन्त्री नै यहाँ हुनुहुन्न भने हाम्रो छलफल कसले सुनिराख्नु भएको छ? त्यसैले अर्थमन्त्रीको शशरिर उपस्थितिको माग गर्दछु अनि मात्रै आफ्ना कुरा राख्छु।’ त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री उपस्थित नभएपनि पछि रेकर्ड सुनेर जवाफ दिने बताउँदै आफ्नो कुरा राख्न आग्रह गरे। तर, सांसद लिङ्देनले सभामुखको जवाफप्रति असहमति जनाउँदै रेकर्ड सुनेर जवाफ दिने जवाफ दिने हो भने कर्मकाण्डीका लागि यो सभा किन सञ्चालन गरिराख्ने? भनि प्रश्न गरे। साथै उनले जब अर्थमन्त्रीलाई सुनाउनु पर्ने कुरा उनले नसुनेपछि कसले जवाफ दिन्छ भन्दै उनको भौतिक रुपमा उपस्थिति पश्चात मात्रै आफ्ना कुरा राख्ने अडान लिएपछि सभामुख सापकोटाले ्भने, ‘अघिसम्म यही हुनुहुन्थ्यो। अहिले यही हुुनुहुन्छ र तपाईहरुले राखेका कुरा अरु मन्त्रीजीहरुले पनि सुन्नु भएको छ’ भन्दै आफ्ना कुरा निर्देशन दिए। त्यसपछि मात्र लिङ्देनले आफ्ना कुरा राख्दै आफूलाई सरकारले वेवास्ता गरेकोमा रोष प्रकट गरे।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update