हिमाल दैनिक
कोरोना कहरले जनता ठहरै भइरहेका बेला देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक खालका कविता रचना गरेर सामाजिक सञ्जालमा चर्चा कमाउने तर्फ लागिरहेको प्रसंगले सामाजिक सञ्जालमा मात्र होइन संसदभित्र पनि चासो र चर्चाको विषय बन्न पुगेको छ। सोमबारका प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री ओलीको कवितालाई माथ दिनेगरी ‘म त भाग्यमानी’ शीर्षकको व्यंग्यात्मक कविता वाचन गरे। संसददको सून्य समयमा थापाले सभामुख मार्फत प्रधानमन्त्रीका लागि उक्त कविता सुनाएको बताए। थापाले रचना गरी एक मिनेटमा वाचन गरेको कविताः
म त भाग्यमानी

छैन याहा देशको नक्सा मेटिएको न त लिपुलेकलाई डोजरले रेटिएको!

यस्तो सबल सरकार छ सीमा कसले मिच्नी कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी!!

सयौं कोश हिँड्दा पनि श्रमिक छैनन आहत गरीवलाई सम्मान छ, सरकारबाट राहत!

विदेशमा।।। कोही पनि अलपत्र छैनन् दुस्ख पीडा सुनाउने ति नेपाली नै हैनन्!!

जनताको व्यथालाई ध्यान दिएर सुन्ने कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने!

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति हावादारी हल्ला हुन्, ओम्नी र यति

सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानि

सवैतिर वाह१ वाहै१ यस्तो विकास देख्दा पत्रकार नि दंग छन, यी समाचार लेख्दा!!

कोमल हृदयका प्रधानमन्त्री, आँसुकवि हाम्रा दिन नबिराई सृजना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला गीत(कविता भट्याउँदै कालापानी जाउँला!! सारा नेपाल हाँसेको छ, मेची(काली गाउँछ आँसु आए बरु त्यही कविताले आउँछ

यस्तो नायक गजबका ल्यायौं जानीजानी अहो१ हामी नेपाली त सारै भाग्यमानी!! अहो१ सारै भाग्यमानी म त भाग्यमानी

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update