हिमाल दैनिक
नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले अरुलाई लाञ्छना लगाएर देशभक्तिको अवरणमा सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले नै दोहोरो मापदण्ड अपनाउँदा देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा उत्पन्न भएको आरोप लगाएका छन्। परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले भारतीय पक्षले एकलौटी रुपमा लिम्पियाधुरादेखि लिपुलेकुहँदै मानसरोवर सडक निर्माण गरेको विषयमा सदनलाई जानकारी दिने क्रममा तत्कालिन सरकारका प्रधानमन्त्री सुशील कोइरालाको नाम नलिएपछि नेता रिजालले कटाक्ष गरे। उनले भने, ‘पराराष्ट्र मन्त्रीजीले २०१५ मा सरकारले प्रोटेष्ट नोट पठायो भन्नु भयो, त्यतिखेर प्रधानमन्त्री को थियो उहाँलाई सम्झना भएन तर, अहिले पार्टीका अध्यक्ष दुबै जनाको नाम भन्न भने सहज भयो। किन भने लामो स्मृति उहाँहरुसँग छैन। यसकारण छैन कि हिँजो सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो र सुशील कोइरालाको देशभक्तिमाथि लाञ्छना लगाएर सरकार बनेको थियो। त्यहि चीज बोकेर आउनु भएको छ।’ साथै उनले केही समय अगाडि नेपालको भूभाग समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यतिबेला सत्तारुढ कम्युनिष्ट पार्टीमा दुईटा मोर्चा तयार भएर एउटा मोर्चा गाली गर्ने अर्को मोर्चा त्यसको डिफेन्ड गर्ने कार्य गरेको स्मरण गरे। यसैगरी अमेरिक सहयोगबारे भएको बहुचर्चित र विवादस्पद सम्झौता एमसीसीको विषयमा पनि नेकपा नेतादेखि कार्यकर्ता र सरकारकै मन्त्रीहरुबीच पनि भएको विवादबारे उनले भने, ‘त्यस्तै एमसीसीमा एउटा मोर्चा एमसीसीलाई सत्तो सराप गर्ने अर्को अर्को मोर्चा एमसीसीलाई बोकेर हिड्नु पर्छ भन्ने। यसमा पनि सरकार दुईटा मोर्चा खडा गरेर बस्ने हो? परराष्ट्र मन्त्री के गरेर बस्न चाहनु हुन्छ? संसदसँग कहाँ सहयोग चाहनु हुन्छ? विपक्षी दलहरुले सहयोग गरेको छ भन्नु भयो, अब गर्ने के हो? त्यसका लागि भन्नुहोस्। खाली प्रोटेष्ट नोट पठाउँछौँ, भन्ने मात्रैले पुगेन।’
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update