हिमाल दैनिक
भारत र चीनको सीमाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सम्बोधन गर्ने भएका छन्। पछिल्लो समय गलवन घाटीमा भारत र चीनबीच भएको हिंसक झड़पपछि यी दुई राष्ट्रबीच तनाब बढेको छ। सीमामा भईराखेको तनाब र कोरोनाका लागि भारत सरकारको नयाँ कदम बारे प्रधानमन्त्री मोदीले आज दिउँसो ४ बजे सम्बोधन गर्ने बताइएको छ। केहि समय अघि लद्दाखमा भएको झडपमा भारतीय २० सैनिकको मृत्यु भएको थियो। सामाजिक संजालमा यी दुई पक्षबीच भएको झडप भाइरल भएको थियो। यसअघि प्रधानमन्त्री मोदीले यी दुई देश बीचको तनाबका बारेमा बोलिसकेका छन्। ‘मनकि बात ‘ नामक कार्यक्रममा मोदीले लद्दाखमा मारिएका सैनिकहरुका बारेमा उल्लेख गरेका थिए। उनले चीनलाई लक्षित गर्दै भनेका थिए,’लद्दाखमा भारतमाथि आँखा उठाउनेलाई कडा जबाफ मिलेको छ’। कोरोनाको बिषयमा अहिलेसम्म मोदीले ६ पटक सम्बोधन गरेका छन्। भारतमा कोरोनाको संक्रमण बढ्दै जादा र सरकारले त्यसलाई गरिएको निर्णयबारे सम्बोधन मार्फत जानकारी दिंदै आएका छन। यसपटकको सम्बोधनमा मोदीले भारत र चीनको सीमा विवाद बारे पनि बोल्ने भारतीय संचार मध्यमले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update