एजेन्सी। ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख पुगेको छ। पछिल्लो २४ घन्टामा ब्राजिलमा ५४ हजार ७७१ जना कोरोनाबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । १० लाख संक्रमित पुगेको ब्राजिल दोश्रो राष्ट्र हो।
त्यस्तै २४ घन्टामा एक हजार छ जनाको मृत्यु भएको छ। ब्राजिलमा अहिलेसम्म १० लाख ३८ हजार ५६८ जना कोरोनाबाट संक्रमित भएका छन् भने ४९ हजार ९० जनाको मृत्यु भईसकेको छ। उपचार पछि निको हुनेको संख्या ५ लाख २० हजार ३६० रहेको छ।
कोरोना सबैभन्दा बढी प्रभवित भएको राष्ट्र अमेरिका हो । अमेरिकामा कोरोनाबाट अहिलेसम्म २२ लाख ९७ हजार ३३८ जना संक्रमित भएका छन्। अमेरिकामा मात्र १ लाख २१ हजार ४०७ जना कोरोनबाट मृत्यु भएको बिश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। हालसम्म अमेरिकामा ९ लाख ५६ हजार ७७ जना निको भएका छन्। विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ लाख ६६ हजार ७४१ पुगेको छ भने यस बाट मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार ७०६ पुगेको छ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय