रुसमा एकै दिनमा ८ हजार ८ सय ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ। बिश्व नै कोरोना भाइरसले आक्रान्त भनाइ राखेको बेला पछिल्लो समय यसले रुसमा ठुलो असर पुराएको छ।
पछिल्लो विवरण अनुसार २४ घन्टामा रुसमा कुल ८ हजार ८ सय ३५ जनामा संक्रमण देखिएको छ भने ११९ जनाको मृत्यु भएको छ।
हालसम्म रुसमा ५ लाख २८ हजार ९६४ जना संक्रमित भएका छन्। त्यस्तै यसबाट ६ हजार ९४८ को मृत्यु भएको छ। कोरोनाले रुसमा सबै बढि मस्को शहरमा प्रभावित परेको छ। आज मात्र १ हजार ४७७ जना नयाँ संक्रमित थपिएसंगै मस्कोमा हालसम्म २ लाख ५ हजार ९०५ जना यसको चपेटामा परेका छन्। रुस सरकारले शनिबार दिएको विवरण अनुसार ३ लाख १६ हजारको उपचार भईराखेको छ। उनीहरुलाई स्वास्थ्य कर्मीको कडा निगरानीमा उपचार गराईराखेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय